हे
तृष्णा
भेट्नु छ
तिमीलाई
हेर्न चाहन्छु
तिम्रो छलीरूप
जिज्ञासा छन्अजस्र
सामुन्ने जान खोज्छु म
धेरै टाढिदै जान्छौ तिमी
वर्णनातीत रहस्यमय
विह्वल बनाउँछौ तिमी
तिर्खा नमेटाई मार्छौ
काकाकुल बनायौ
सधैँ तृष्णातुर
किन निर्मोहीरु
किन छल्छौरु
मायावी
बिम्ब
झैँ ।
मिलन बोहोरा