समाचार

काठमाडौँ/चैत्र ९ २०७८
चौथो नेपालभाषा साहित्य नखः (महोत्सव) कीर्तिपुरमा हुनेभएको छ । सो नखः नेपालभाषा टाइम्सको आयोजनामा चैत ११ र १२ हुनेभएको छ । नखःमा नेपालभाषाका पुस्तक विमोचनका साथै विभिन्न विषयमा अन्तक्र्रिया हुनेछ । कीर्तिपुरको सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना र नेपाल भाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तक्र्रिया हुने आयोजकले जनाएको छ ।
नखःमा नेपालभाषाका नाटक, गीत, कवितासमेत प्रस्तुत गरिने छ । यो नखः पहिलो दिन कीर्तिपुर लायकुमा र दोस्रो दिन कीर्तिपुरकै पाङ्गालाछीमा हुनेछ ।