• २०८१ माघ २७ आइतबार

क्यान्सर–के, किन र कसरी नामक पुस्तक सार्वजनिक

काठमाडौँ, ।

प्रा. डा. योगेन्द्रप्रसाद (वाइपी) सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर–के, किन र कसरी’ नामक पुस्तक सार्वजनिक गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

डा. यादवले मेडिकल अध्ययन गरे पनि १० वर्ष मात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत् नेतृत्वमा आएर जनस्वास्थ्यका नीतिनिर्माणमा लागेको बताउनुभएको थियो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रगति भएको दाबी गर्नुभयो । यद्यपि कतिपय क्यान्सर उपचार गर्ने अस्पतालमा अत्यावश्यक प्रविधिको अभाव उहाँले औँल्याउनु भएको थियो ।

कार्यक्रम लेखक तथा वरिष्ठ क्यान्सर सर्जन डा. वाइपी सिंहले लामो समयको अनुभव, ज्ञान र तथ्यहरू सङ्कलन गरेको पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले क्यान्सरबारे जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।