कविता हिन्दी

दुबिधा- १
अलिकति रङ
छोरीले कार्पेटमा पोखी भनेर
बाउले भुन्भुनिँदै सानी छोरीलाई
गालामा प्याट्ट हान्यो !
छोरी दुबिधामा छे
बाबालाई कार्पेटमा मिसिएको
यति सुन्दर रङ किन मन परेन ?
दुबिधा- २
जिन्दगीभरि श्रीमतीलाई रुवाइरहेको श्रीमानले
एकदिन श्रीमतीलाई एक्कासि हँसायो
श्रीमती दुबिधामा छे
हाँसौं कि रोऊँ ?
उसको श्रीमानलाई
उसको हाँसोले खुसी बनाऊला कि आँसुले ?
दुबिधा- ३
चौध वर्ष जेलमा बिताएर
जेलबाट बाहिर निस्कन तयार
ढोकामा उभिएको छ एउटा कैदी !
कैदी दुबिधामा छ
उसको खुसी
जेलबाहिर छ वा जेलभित्र ?
दुबिधा- ४
जिन्दगी सँगै बिताउने हो भनेर
यतिका समय
एउटै धड्कनको लयमा धड्किएकी प्रेमिकाले
अचानक प्रेमिलाई
अब मलाई बिर्स भनी !
प्रेमी दुबिधामा छ
बिर्सिनुभन्दा अगाडि छुट्टिने कसरी होला ?
एउटै भएको मुटु
छुट्टै धड्किने कसरी होला ?
(सजी चर्चित साहित्कार हुन्)
[email protected]