• २०८२ माघ २९, बिहीबार

लघुकथा समाजबाट सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं ।

नेपाली लघुकथाको उन्नयनमा समर्पित संस्था लघुकथा समाज नेपालले वार्षिक रूपमा प्रदान गर्दै आएको तीन सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

समाजको हालै बसेको कार्यसमिति बैठकले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०८२’ लघुकथाका क्षेत्रमा पनि कलम चलाउँदै आएका साहित्यकार त्रिलोचन ढकाललाई, ‘सावित्री–केशर कथा सम्मान–२०८२’ कथाकार डा. दीनबन्धु शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, समाजले कथाकार रत्न प्रजापतिलाई ‘धनमान कथा पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरेको छ । उक्त तीनै सम्मान तथा पुरस्कारको निर्णय भएको समाजका अध्यक्ष तुलसीहरि कोइरालाले जानकारी गराए ।