• २०८१ असोज २४ बिहीबार

गलतलाई बुटवाद

शिवराज कलौनी

शिवराज कलौनी

कसैलाई यहाँ केवल झुटवाद चाहिएको छ !
कसैलाइ राजनितीमा फूटवाद चाहिएको छ !!
सच्चालाई त गाउदेखी शहर सम्म बर्बाद गरिएको छ !
म भन्छु ,गलत जोसुकै होस सुधार्न यहाँ बूट्वाद चाहिएको छ !!

लुट्न चाहनेलाई यहाँ लूटवाद चाहिएको छ !
स्वार्थको आनन्दानुभुती गर्नेलाइ यहाँ कूटवाद चाहिएको छ !!
सच्चालाई त जहाँपनि बर्बाद गरिएको छ !
म भन्छु, गलतलाई यहाँ जसरि पनि बूटवाद चाहिएको छ !!

जेल बस्नेहरूलाई यहाँ छूटवाद चाहिएको छ !!
क्रान्तिका हरेक गाठामा यहाँ गूटवाद चाहिएको छ !
सच्चालाई त जहाँपनि बर्बाद गरिएको छ !
म भन्छु, गलतलाई यहाँ बूटवाद चाहिएको छ !!

एकता गर्नेहरूलाई यहाँ जुटवाद चाहिएको छ !
एकता टुटाउनेलाई ढुटवाद चाहिएको छ !!
मेहनत गर्नेलाई त जहाँपनि बर्बाद पारिएको छ !
म भन्छु, गलतलाई यहाँ बूट्वाद चाहिएको छ !!

इन्जिनियर लाई कम्पासको रूटवाद चाहिएको छ !
फैसन गर्नेलाई लेटेस्ट सूटवाद चाहिएको छ !!
सच्चालाई त जहापनि बर्बाद पारिएको छ !
म भन्छु, गलतलाई यहाँ बूटवाद चाहिएको छ !!

घूसखोरहरूलाई यहाँ नोटवाद चाहिएको छ !
वैग्यानिकहरूलाई आविस्कार को होडबाज चाहिएको छ !!
सच्चालाई त जहाँपनि गुमबाद पारिएको छ !
म भन्छु, मेरो देशमा गलतलाइ बूटवाद चाहिएको छ !!

इमान्दारलाई सधै यहाँ क्यारेम झै गोटिवाद पारिएको छ !
मेहनती, स्वावलम्बीलाई नाम मात्रको झकवाद पारिएको छ !!
झोलेहरूलाई यहि गाजियावाद झारिएको छ !
सज्जनलाई गाउँ देखि शहर सम्म बरबाद पारिएको छ !!

मूर्खहरूलाई शठ्वाद चाहिएको छ !
कसैलाई त परिवारमै पनि हठवाद चाहिएको छ !!
कसैलाई जोगिहरू सरि सँस्थागत मठवाद चाहिएको छ !
मनपरि गर्ने शासकलाई यहाँ केवल सज्जनवाद चाहिएको छ !!
म भन्छु, गल्तीगर्ने जोसुकैलाई सुधार्ने यहाँ बूटवाद चाहिएको छ !!
केवल बूटवाद !!!


शिवराज कलौनी, भि. न. पा. ३ कन्चनपुर
[email protected]