समय पर्खि बसेकै छ
तिमी पर्खि बसेकी छ्यौ
म पर्खि बसेको छु
…..
ऊ हाम्रो पर्खाईमा छ
तिमी समयलाई हेर्दैछ्यौ
म तिम्रो बाटो रुँघ्दैछु
……
समय धैर्यवान छ; नियालिरहन्छ हामीलाई
तिमी सहनशील छ्यौ; हेरिरहन्छ्यौ उसलाई
म किम्कर्तव्यबिमुढ छु; सुनिरहन्छु तिमीलाई
…….
ऊ रमाई रहेछ हाम्रो प्रतीक्षामा
तिमी कोक्काई रहेछ्यौ उसको प्रतीक्षामा
म प्रताडित छु तिम्रो प्रतीक्षामा
…..
उसको नियती नै हो, पर्खाईमा रमाउनु !
तिमी उसको नियतीलाई समर्थन नगरी त हेर !
म तिम्रो नियतीको सन्मुख हुनेछु !
…….
ऊजालो थापेर प्रतीक्षा गरिरहेकै हुनेछ
सँस्कारको एक सेरो तिमी तान !
समाजको अर्को फेरो म तान्ने छु !
……
ऊ थाक्दैन/गल्दैन; नियमित छ !
ऊ हाँसोस्ना/चोस् नाघेर आऊ उसलाई !
उपर्खोस्ब/सोस् स्वागत् गर्नेछु तिमीलाई !
……..
ऊ समय होः सक्छ प्रतीक्षा गर्न !
समय गतिवान छ; समयले रोक्न सक्दैन समयलाई !
प्राणी कर्मशील हुन्छन्; सृष्टी प्रतीक्षाले सम्भव नै छैन !
………
कात्यायन
चाबहिल, काठमाडौँ–७