अचेल मख्ख परेकी छे मेरो सेतो दाह्रीमा
भलाकुसारी गर्न आउनु है भन्छे चौतारीमा
यही पलको मलाई पनि इन्तजार थियो नि
भने.. पेन्ट शर्टमा होइन आउनु फुल बुट्टे साडिमा ।।
===============
तिमीले भन्दैमा यो रात यति छिटो कहाँ ढल्छ
भर्खरै त भयो खेल शुरु यो ज्यान कहाँ गल्छ
नाइँ नाइँ भनेर मलाई पो सताउन थाल्छौ त
हेर्नु तिम्रो तन मनमा बैंसको आगो कसरी जल्छ ।।
================
जाबो त्यो ओठै त हो नि यसो चुम्न दे के हुन्थ्यो
तिमिलाइ केहि पल अङालो मार्दै घुम्न दे के हुन्थ्यो
सधै को लागि तिमि मेरो हुनु भनेकै छैन नि
बैँसले सताएको बेला यसो झुम्न दे के हुन्थ्यो ।।
===============
तिमीलाई भेट पछि पिरतिको आगो लाग्यो
सुतेका रहरहरु पनि जुर्मुराएर पो जाग्यो
हिजोसम्म कोहि नहुँदा निरस थियो जिन्दगी
आशाको किरण उदाए पछि अध्यारो आफैँ भाग्यो ।।
सुरेश बैद्य, काठमाडौँ