• २०८१ चैत ७ शुक्रबार

युनान

यानिस रित्सोस

यानिस रित्सोस

जहाँ धरती सकिन्छ
त्यहीँबाट सुरू हुन्छ आकाश
उसले भन्यो-
अनि जहाँ आकाश सुरू हुन्छ
त्यहाँ समाप्त हुन्छन् -दुःखहरू ।

ऊ एक्लो थियो
तर उदास थिएन
किनभने, उसले हेर्न सक्थ्यो- बादलहरू
गुलाफी बादलहरूलाई
जुन साह्रै सुन्दर देखिँदै थिए ।

अलिक भरेतिर
रातका औंँलाहरूको कापबाट
एउट ताराले ऊसँग आँखा जुधायो
तर उसले
यो कुरा पत्याउनै सकेन ।

अनुवाद: राजेन्द्र शलभ