• २०८३ बैशाख २२, मंगलवार

तिम्रो सम्झनामा

बसन्त चौधरी

बसन्त चौधरी

बर्षौ पहिलेको
पहिलो भेटको
सम्झना
आज पनि मीठो लाग्छ
मेरो जीवनमा तिमी
भर्खरै उदायौ कि
जस्तो लाग्छ

तिम्रो सपना मेरो जीवन
तिम्रो हाँसो मेरो धड्कन
तिम्रो माया मेरो बन्धन
तिम्रो छायाँ मेरो तनमन

तिमी के सोच्छ्यौ कुन्नि,
तर
तिमीलाई सम्झँदा
मभित्रको तिम्रो माया
किनकिन
आफ्नै लाग्छ र
फेरिफेरि जाग्छ

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)