नेपाली साहित्यमा चट्याङ मास्टरका नामले परिचित कृष्णमुरारि गौतमलाई यस वर्षको जेष्ठ नागरिक वर्ष पुरुष पुरस्कार प्रदान गरिने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयल, जेष्ठ नागरिक संरक्षण शाखाले मन्त्रिस्तरीय निर्णयबाट चट्याङ मास्टरलाई वि.सं. २०८० को जेष्ठ नागरिक वर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको हो ।
आगामि पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादव हस्ताक्षरित पत्रमा जनाइएको छ । यो पुरस्कारमा नगद एक लाख रहेको छ ।