यदि कसैले भनेको भए मलाई
एकदिन यस्तो पनि आउने छ
जब तिमी र म हुन्छौ
मात्र हामी दुई भित्र, अरु केही नाई
मैले गर्दिनथे यसलाई विश्वास ।
क्कुनै दिन हामी भेटिने छौ
उदास बसेर कुरा गर्दै
सूर्यका बारेमा, वर्षातका बारेमा
जसरी दुईजना साथीहरु गर्छन्
म गर्दिन थें यो कुरामा विश्वास ।
आह ! यो कस्तो धारिलो छुरी
घाउबाट जसको बगिरहेछ रगत
म मर्दै मर्दै गइरहेको छु….
भनेको भए कसैले
म गर्दिन थें, विश्वास ।
अनुवाद: राजेन्द्र शलभ