Uncategorized

नेपाल र भारतका साहित्यकारहरुको समागम ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ काठमाडौँमा आयोजना हुने भएको छ । कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँले’ होटेल हिमालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सम्मेलनमा कार्यक्रमका संस्थापक तथा कल्पनाकार रश्मी रञ्जन परिडा, निर्देशक रञ्जना निरौला, निर्देशक देवाशिष समन्त्रये, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कवि दिनेश अधिकारी र वरिष्ठ आख्यानकार माया ठकुरीले महोत्सवको बारेमा बताउनु भएको थियो ।
असोज २९ र ३० गते काठमाडौँमा ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’मुल उद्घोषकासाथ आयोजना हुने साहित्यिक महोत्सवमा दुई देशका दुई सयभन्दा बढी साहित्यकारको सहभागि हुने आयोजकले जनाएको हो । नेपाल र भारतका साहित्यकारले महोत्सवमाविभिन्न प्रस्तुति राख्ने आयोजकले जनाएको छ । साहित्यिक महोत्सवले नेपाल र भारतका साहित्यकारबीचको सम्बन्ध स्थापितगर्न नयाँ आयाम थपिने आयोजकको तर्फबाट रञ्जना निरौलाले जानकारी दिइन् ।
महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशवीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथाकला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ । कार्यक्रममा ७० प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपालीकला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘रामकी शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति पनि दिनेछन् ।
महोत्सवमा मालिनी अवस्थीको प्रस्तुतिका साथै भारतको साहित्य क्षेत्रमाविशेष योगदान पुर्याउने अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुलागर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठ लगायतको सहभागिता रहनेछ ।महोत्सवमा ‘कान्तिपुर आर्ट फेस्टिवल हुनेछ जसको निर्देशक चर्चित कलाकार रागिनी उपाध्याय रहनुभएको छ । नेपालका ७ कलाकारका चित्रहरु प्रदर्शनीमा राखिने छन् ।
कार्यक्रममा ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’ नेपालका सताव्दीपुरुष सत्यमोहन जोसी र भारतका वरिष्ठ साहित्य साधक अशोक बाजपेयीलाई प्रदानगर्ने घोषणा गरिएको छ । यसको रासीपचास पचास हजार र सरस्वतीको प्रतिमा रहने छ । साहित्यिक महोत्सवमा आशेष मल्ल, मञ्जु कञ्चुली, तीर्थ श्रेष्ठ, बसन्त चौधरी, रमेश क्षितिज, कनकमणी दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ लगायतको सहभागिता रहनेछ। साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना हुन लागेको हो भने साहित्यिक मिडिया सहकार्यमा ‘साहित्यपोष्ट’ अनलाइृन दैनिक रहेको छ ।