• २०८२ बैशाख ८ सोमबार

लडाइँ

नवीन जोशी ‘नवेंदु’

नवीन जोशी ‘नवेंदु’

लडाइँ
हिजो विदेशीहरूसँग थियो
आज छिमेकीहरूसँग छ
भोलि घरभित्रैकाहरूसँग हुनेछ ।

लडाइँ
हिजोसम्म सानो र ठूलोको थियोे
आज कम र बेसीको छ
भोलि सम्पूर्णका लागि हुनेछ

लडाइँ
हिजोसम्म हुनेगथ्र्यो आमने- सामनेबाट
आज हुने गर्छ तल- माथिबाट
भोलि हुनेछ पिठ्यूपछाडिबाट

लडाइँ
हिजोसम्म हुने गथ्र्यो खुकुरी र तलवारबाट
आज हुने गर्छ तोप र मोर्टारबाट
भोलि हुनेछ आणविक प्रहारबाट

लडाइँ
हिजोसम्म हुने गथ्र्यो राष्ट्रत्वका लागि
आज छ व्यक्तित्वका लागि
भोलि हुनेछ अस्तित्वका लागि ।

अनुवाद: राजेन्द्र शलभ