कविता

नेपाल वाङ्मय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङ्मय साधना सम्मान वि.स. २०७८ का लागि कवि तथा समालोचक डा. अमर गिरी एवं वि.स. २०७९ का लागि समालोचक प्रा.डा. हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ । परिषदका अध्यक्ष डा. पुष्करराज भट्टका अनुसार यो सम्मानमा दस हजार नगद एवं सम्मानपत्र प्रदान गरिन्छ । यो सम्मान वि. स. २०७७ का लागि कवि एवं कथाकार मातृका पोखरेललाई प्रदान गर्ने पहिल्यै निर्णय भइसकेको छ । यस सम्मानबाट हालसम्म मोहन दुवाल (२०७२), प्रा. डा. जीवेन्द्रदेव गिरी (२०७३), हरिहर खनाल (२०७४), रामविनय (२०७५) एवं श्रेष्ठ प्रिया पत्थर (२०७६) सम्मानित हुनुभएको थियो ।