• २०८१ कातिर्क २१ बुधबार

साँझको बिसौनीमा

बसन्त चोधरी

बसन्त चोधरी

साँझको बिसौनीमा

जीवनले ऐना हेरेको देख्छु
यन्त्रवत्अनि दुःखी मनले
माया सम्झी
कविता लेख्छु।

देख्दा
केही बदलिएको देखिँदैन
छुँदा
स्पर्श नभए जस्तो पनि लाग्दैन
तरपक्कै
कतै केही त भएकै छ
हो, हेर्दाभने देखिँदैन
छुन खोजेर पनि
स्पर्शमा त्यो समेटिँदैन ।

म तिमीलाई छुन सक्दिनँ
जसरी चन्द्रमालाई
हात लम्काएर छुन सक्दिनँ
तिमी र चन्द्रमामा
तैपनि एउटा भेद छ
चन्द्रमाकहिलेकाहीँ
मेरो झ्यालतिर आउने गर्छे
तिमी आउँदिनौ !
यसरी त
चन्द्र र सूर्यपनि लुक्दैनन्
तर तिम्रो मायासामु
म यसरी झुक्छु
फलले लटरम्म हाँगा पनि
त्यसरी झुक्दैनन्।
मेरो सामुन्ने विवशताको
उदास पोखरी छ
पानी पाउने आश छैन
त्यसैले म पोखरीको
उदासी पिउने गर्छु
विरागभित्र पनि
अनुराग भएर जिउने गर्छु ।

साभार: वसन्त (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)