• २०८० असोज ९ मङ्गलबार

मञ्जु घिमिरेको चेतनाको तरङ्ग मुक्तक संग्रह विमोचन

विराटनगर, सर्जक मञ्जु घिमिरे दाहालद्वारा लिखित ‘चेतनाको तरङ्ग’ नामक मुक्तकसंग्रहको लोकार्पण भएको छ । मुक्तक प्रतिष्ठान प्रदेश- १ ले विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा ‘चेतनाको तरङ्ग’ मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार देवीपन्थी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, कवि एवंं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, अधिकारकर्मी कृष्णप्रसाद भण्डारी मार्सेली लगायतले संयुक्त रुपमा मुक्तक संग्रहको विमोचन गर्नु भएको थियो ।

विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गर्नुभएको थियो । त्यस्तै साहित्यकार मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, राधा भट्टराई, राधिका गुरागाईं, रोहिणी रसिक, सविना श्रेष्ठ, विनोद विवश, रीता पाठक, लक्ष्मी स्मृतिलगायतले विमोचित कृतिभित्रका मुक्तक वाचन गर्नुभएको थियो । संग्रहमा विभिन्न विषयवस्तु माथि केन्द्रित लेखिएका १ सय ५६ वटा मुक्तकहरू समावेश गरिएको छ ।