• २०८१ माघ ११ शुक्रबार

सिपाही

गजेन्द्र मोक्तान

गजेन्द्र मोक्तान

यदि मरेँ भने म युद्धमा
बाकस भित्र हालेर घरमा
पठाउनु भए सम्भव
नत्र जलाउन मिले जलाउनु
नमिले माटोमा लुकाउनु
त्यो पनि नमिले
कतै फालिदिनु
आखिर त्यो लास न हो !

राईफल राखेर छातीमाथि
पठाउनु खबर मेरी आमालाई
राम्रो काम गर्यो बहादुर सिपाहीले
अतितलाई सम्झेर
नझारे आमा आँशुका ढिका
ज्यानमात्र सुक्ने हो
ऊ कहिल्यै फर्केर आउँदैन !!

उही सन्देस् बुवालाई भन्नु
नगर्नुस् चिन्ता
दुख्ला भनेर छोराको चित्त
अब अंश मिलाउनु पर्दैन
सोच्नुस् लड्दा लड्दै
प्राप्त गर्यो वीरगति !!

भन्नु
मेरो भाइलाई
राम्ररी पढ्नु
तिमीले लिनु बाइकको चावी
गर्नु राम्ररी घर व्यवहार
नहुनु सिपाही
जतिभएका
सम्पति गर्नु  भोग चलान !!!!

मेरी बहिनीलाई सम्झाउनु
कहिल्यै नहुनु निराश
अतितमा गरेको रमाईलो
त्यो पल तिहारको
भुल्ने कोशिस गर नानी
सम्झेर नरुनु र बुझ्नु
डुबे पछि घाम
फेरि उदाउने छैन
भोलि बिहान तिम्रो दाइ !!!!!

मेरा प्रिय मित्रहरूलाई
यो खबर नभन्नु
उनीहरू साह्रै हुनेछन्  दुखि
पार्टी, रमाईलो र घुमघामका
सम्झेर ती पलहरु !!!!!!

मेरी प्रियसीलाई !
नझार आँशुका ढिका सम्झेर मलाई
सुन
तिम्रो मन बनाउदह्रो
पत्थर जस्तै पहराको
पीर चिन्ता नगर
प्यारी !
नियतीको खेल र खहरेको भेलको
नियत कहाँ जान्न सकिन्छ र
सारेको छु पेन्सन् पट्टा
तिम्रै नाममा
बाँकि छ उमेर तिम्रो
सोच्नु पर्छ धेरै कुरा तिमीले
अझै छन् बिकल्पका सुसेलीहरु
परिस्थिती अनुसार जान्नुपर्छ सुसेल्न
प्रिय तिमीले बुझ्नेछौ । !!!!!!!


पाँचथर निवासी मोक्तान चर्चित युवाकवि हुन् ।
[email protected]