कापीको पाना पल्टाएर
मनमनै शीर्षक केलाउँदै
कलमको मुख खोलेर
पानासँग स्पर्श गराउन खोज्दै गर्दा
मस्तिष्कमा आएको त्यो अनभिज्ञताले
फेरि पनि
हातलाई मुर्तितुल्य बनाइदियो
साच्चै,
लेखक बन्न त्यती सजिलो छैन रहेछ
शब्द अभावले
हात काम्न थाल्यो
पीडा नै पीडाले शरीर तात्न थाल्यो
मन भित्रको काव्य रूचि भड्किन थाल्यो,
के लेख्नु मेरो बस को कुरा होइन त ?
के अब मैले कविता लेख्ने आँट नगरे पनी हुन्छ त ?
सक्दै सक्दिन त ?
शब्द अभावको चिन्ताले आफैँलाई प्रश्न गर्न थाल्यो,
साच्चै
लेखक बन्न त्यती सजिलो छैन रहेछ
ती अनगिन्ती अनुत्तरित प्रश्नलाई पन्छाउदै
शब्द फल्ने प्रतीक्षामा बसिरहेँ,
दिनरात बित्यो
घोत्लिँदा घोत्लिँदै महिनौ बित्यो
तर
कलमचल्दै चलेन,
शब्दको बाँध फुटेन
साच्चै
लेखक बन्न त्यती सजिलो छैन रहेछ
कलमलाई दौडाउन सकेको भए
महाकाव्य बनि सक्थ्यो
तर कलम चलेन
सानो हरफ पनि बन्न सकेन
भनेर सोच्दै
जबर्जस्ती लेखकबन्न
खोज्दै
शब्द अभाव मै
मनलाग्दी लेख्न थालेँ,
शुन्य सिर्जनात्मक
हुँदै गर्दा पनि
तारिफ खोज्दै हिड्न थालेँ,
तर तारिफ कम आलोचना बेसि पाएँ
समलोचना सुनेर मुटु दरो पारें
साच्चै,
लेखक बन्न त्यती सजिलो छैन रहेछ
लाग्न थाल्यो,
केही नयाँ सुरूवात आफैंबाट गर्नुपर्छ
तर
गर्नचाहिँ के गर्ने
लेख्ने शब्द फुर्दैन
सिर्जनात्मकता बढ्दैन
हरे शिव,
साच्चै
लेखक बन्न त्यती सजिलो छैन रहेछ
फेरि
नया कागज निकालेँ
कलमको मुख खोले
अनि
पाना सँग स्पर्श गराउन थालेँ
लेख्दै गएँ लेख्दै गएँ आए सम्म लेखेँ
आउदै आएन भने बरू ’कखगघझ लेखेँ
पहिला जस्तै मनलाग्दी लेखे
पाना भरे
तर
पाठक सामु पुर्याइन
किनभने
म लेखक थिइन
हजारौं कागज च्यातेँ
पसिना चुहाए
हात दुख्ने गरि लेखेँ
अनि
मिठो फल उमार्न परिश्रम गर्दै गएँ
साच्चै,
लेखक बन्न त्यति सजिलो छैन रहेछ साथी
गर्नु पर्ने रहेछ परिश्रम साहित्यलाइ राखेर सबैभन्दा माथि
अनिबल्ल
लेखक हुँदै रम्न सकिने रहेछ,
साहित्यकार भनेर चिनिने रहेछ।
आयुष बडाल
[email protected]