• २०८१ असार २ शनिवार

तलबार

अब्दुल्ला पेसिऊ

अब्दुल्ला पेसिऊ

म नाङ्गो तरबार हुँ
र मेरो मातृभूमि हो
त्यसको दाप
जसलाई चोरेर लगेको छ अरू कसैले

यो नसोच्नु कदापि
रक्त पिपासु बनिसकेँ म

आफ्ना वरिपरि हेर
खोजेर निकाल त्यस चोरलाई
जसले मलाई नाङ्गो बनाएको छ ।

अनुवाद: राजेन्द्र शलभ