निलो रंगको सुजुकी कार मेरो अगाडि आएर ब्रेक लाग्छ । चौतिस पैतिस बर्षकी मस्त यौवना नारी कारबाट ओर्लिन्छिन र नजिकै रहेको वाइन दोकानतिर जान्छिन् । माइक्रो बस स्टेशनबाट छुट्ने समय अझै भएको थिएन । त्यो बस यहाँ आइपुग्दा करिब ६ बज्छ होला भन्ने मेरो अनुमान ।अफिस छुटेपछिको माइक्रोमा जानेको भिडको खचाखच झन थामिनसक्नु हुन्छ । हिँडेर जाउँ चाबहिलसम्म त्यति टाढा । माइक्रोमा पनि सबैले मास्क लगाउँदैनन् । उपाय थिएन जसरी नि जानू छ घर । मेरै छेउमा आएर त्यो कार रोक्नु पर्ने कारण चै के थियो कुन्नि ? । मैले चिनेको पनि छैन । कि उनले पो मलाई चिनेकी थिइनकी ? खै के हो कुरा बुझिन ।
म मुर्तिवत त्यही कारको छेउमा उभिरहें । कारभित्र एउटा लेडिज ब्याग थियो । स्त्रीका भित्री पोशाक थिए । श्रीङ्गारका सामान पनि थिए । कारको ढोका पनि लक भएको थिएन । कारको सीसा पुरै माथिसम्म लागेको थिएन । अनि त्यहीँबाट मीठो अत्तरको बासना आइरहेको थियो । कारको क्याबिन भित्रको सजावट हेर्दा ठुलै घरानियाकी छोरी जस्तो लाग्यो । म उभिरहेको थिएँ । केहिबेरमै ट्राफिक प्रहरी आयो र ह्विल लक गर्यो । म कारकै छेउमा भएर पनि केही सोधपुछ गरिन । ह्विल लक गरेर ऊ सरासर जाँदै थियो । वाइन सपबाट ती केटी दौडेर आइन । उनी हस्याङ फस्याङ गर्दै कारतिर आएको ट्राफिक प्रहरीले देख्यो र ऊ पनि हातमा बिल प्याड लिएर कार नजीक आयो । ट्राफिक र ती केटीबीच जम्काभेट भयो ।
ट्राफिकले लाइसेन्स माग्यो अरू केही बोलेन र मात्रै एक हजारको बिल तेर्स्यायो । “अगाडि चालक हुँदाहुँदै तपाईंले मेरो कारमा किन ह्विल लक गरेको” भनेर ट्राफिकलाई हकारिन । ट्राफिक छक्क पर्यो र सोध्यो “कोहो चालक” ती केटीले मलाई देखाइन । म पनि अक्क न बक्क परे । “तपाईं चालक हो” प्रहरीले मलाई सोध्यो । मैले केही जवाफ दिन सकिन । केटीले पहिल्यै मलाई आँखा झिम्क्याइ सकेकी थिइन । मैले कुरा बुझिसकेको थिए। ट्राफिकले लाइसेन्स फिर्ता गर्न मानेन । बिल काटिसकेपछी नो स्क्युज भन्यो । बेलुकी ६ बजे तपाईंको चालक सहित बग्गिखाना आउनु भन्दै ऊ निस्कियो ।
गाडी चलाउन नआए पनि म चालक बने । साझको ५ः३० बजिसकेको थियो । मेरो अगाडि ल्याएर गाडी पार्क गर्दैमा म कसरी तपाईंको चालक बने ? उनको आँखामा आँखा जुधाएर मैले सिधै प्रश्न राखें । उनी नाजवाफ भइन् । उत्तर नदिइकन धरै भएन उन्लाइ र बोलिन “गाडीको ह्विल लक गरेको देखेर अलिक डर लाग्यो अनि तपाईंको भर लाग्यो र भने चालक अगाडि हुँदाहुँदै पनि पार्क गरेको गाडीमा ह्विल लक गर्नी हो त “भनेर । तपाईंको चित्त दुखेको भए माफी चाहेँ । मैले जवाफ केही फर्काइन । गाडीमा बस्नु भनिन । म पछाडी सिटमा बस्न खोज्दा उनले अगाडि बस्नु भनिन । अगाडि बसेँर सिँहदरबार अगाडिको बग्गीखानामा तिर हुँइकियो । बाटोमा हामी बीच परिचय भयो । गाडी भद्रकालीलाई दायाँ पारेर जानुपर्ने हो तर गाडी त्रिपुरेश्वर हुँदै जाने भनेर उन्ले निधो गरिन र भद्रकाली मन्दिरलाई बायाँ बनाइन ।
दुई बोतल वाइन मेरो सिटको अगाडि खुट्टा राख्ने ठाउँमा थियो ।
मलाई एक प्रकारले रिस उठिरहेको थियो । घर जान भनेर हिडेको मान्छे यो के समस्यामा फसेँ भनेर । सामान्य परिचय भयो । मेरो नाम सोधिन । दिपेश क्षेत्री भने । उनको नाम अनुजा रहेछ । म नेपाल ल क्याम्पसमा प्रपोजल बुझाएर आएको थिएँ । कस्तो अचम्म उनी पनि एल एल बि तेस्रो बर्षकै विद्यार्थी रहिछन् । उनी पनि आज प्रपोजल बुझाउने अन्तिम दिन भनेर बुझाएर आएकी रहिछन् । यो संयोग अचम्मको पर्यो । गाडी त्रिपुरेश्वरको जाममा फस्यो । अनुजा चन्द ठकुरी । घर बैतडी । उनको परिचय । मेरो परिचय पाएपछि उनी असाध्य खुसी भइन । उनी खान्दानी घरानीया परिवारकी छोरी । मेरो त खासै परिचय दिन लायकको केही कुरै थिएन । उनी एउटा एन जि ओ चलाउँदि रहिछन् । “ग्रामीण समुदाय उथ्थान तथा महिला उद्धमशील परियोजना“ । आफू त यो उमेरसम्म बेरोजगारी परियो । आजसम्मको पढाई खर्च बाउआमाले धानेका छन् । यति भने ।
माइतीघर पुगेपछि उन्ले एउटा रहस्य खोलिन
दोस्रो बर्षको परिक्षामा उनी र म एकै हलमा बसेर परिक्षा दिएको ।
हरेक दिन उनले मेरो सबै एक्टिभीटि निहालेकी रहेछिन् । एक दिन एकै बेन्चमा बसेर परिक्षा दिएको रे । मैले केही थाहा नपाएको आफैँलाइ अचम्म लाग्यो । अन्तिम दिनको परिक्षा बिषय “लैङ्गिक र समावेशी न्याय “थियो । परिक्षा हलबाट बाहिर निस्किएपछी मलाई बोलाउ जस्तो पनि लागेको थियो रे तर साहस गर्न सकिन “उनले भनिन् । एकै बेन्चमा बसेर पनि तपाईंले केही वास्ता गर्नु भएन अनि मैले सोधेको कुरा पनि भन्नू भएन । तपाईं घोप्टो परेर लेखेको लेख्यै हुनु भो । मलाई त तपाईं कस्तो निस्ठुरि जस्तो लाग्यो । रिसले आँखा देखेको थिइन । यसरी कुरा नसक्किदै गाडी बग्गिखाना भित्र गएर रोकियो । पार्किङमा राखेर भित्र मात्रै के छिरेका थियौँ । त्यहाँ एकजना सहि साहेब उभिरहनु भएको रहेछ ।
अफिस भित्र गयौँ । पुलिस इन्स्पेक्टरले मेरो चालक अनुमति पत्र माग्नु भो । म त चालक नै होईन अनि कसरी लाइसेन्स हुनु मसँग । एकछिन अलमल परें । “बिना लाइसेन्स गाडी चलाएको अपराधमा उहाँलाई कष्टडिमा राख्नु “डि एस पि को ठाडो आदेशमा म थुनिएँ । कुनै अपराध नगर्दा पनि अनाहकमा फसें । म उनको चालक भएँ । बाटोमा गाडीसँगै उभिएको भन्दैमा म चालक भएँ । यहाँ सोझो हुनु पनि केही रहेनछ । कस्तो आँट भएकी केटी हो ! अपरिचितलाई फसाएर । सत्यतथ्य कुरा भनु भने पनि फेरि यहि केटी फस्छे । म रूम भित्र छु बाहिरबाट चुकुल हालिएको छ ।
“केहिबेर केरकार गरेर छोडिन्छ “भन्दै त्यो असै बाहिर निस्कियो । आज खाजा खान पनि भ्याएको थिइन । भोक बेस्सरी लागेको छ । दशैं नजीक आएको थियो । किनमेल गर्ने पैसाको जोहो गर्न सकेको छैन । कहाँ पुग्छु भनेर सोचेको कहाँ आइपुगे छि ! बाहिर मुसलधारे पानी पर्यो । बिना कारण अदालतको आदेश र थुनुवा पुर्जी नभै कसैलाई थुन्न पाइदैन । म कानुनको विद्यार्थी । के गर्नु कानुन पढेको भनेर । कानुन एकातिर ब्यवहार अर्कोतिर । अफिसमा गएर मैले कानुन जानेको छु, मलाई अनाहकमा किन थुनेको भनु भने फेरि त्यो केटीले के भन्ली वा फेरि उसको हालत के हुने हो थाहा छैन । हाम्रो देशमा कानुन छ र छैनको अवस्था छ । कानुन छ भनु भने सिङ्गो गरिबी समाज न्याय बिहिन अवस्थामा छ । न्याय सिर्फ धनीलाई मात्रै मिल्छ ।
ह्या यतिबेला मेरो तर्क बितर्कले कुनै महत्व राख्दैन ? बरू सहिदिन्छु । एकछिन सहिदिँदा वा हो मैले गल्ती स्वीकार गर्दा त्यो केटीको बचाउ हुन्छ भने बरू भैगो म चुपचापले बस्छु । पानी झन पर्न थाल्यो । अँध्यारो भो ।सडकमा गाडीको आवाज पनि क्रमश कम हुँदै गो । अघिसम्म त त्यो केटीको आवाज सुनिएको थियो अहिले सुनिन्न । उसलाई पनि त लागेको होला कि मैले एउटा अनजान सोझो केटोलाई अनाहकमा फसाए भनेर । तर के थाहा उसलाई यस्तो महसुस भएको छ कि छैन । यस्तो दया हुनेले झुठो बोलेर मलाई किन फसाउँथी । केटी मान्छेलाई बुझ्न सकिन्न । ऊ त घर गै होलि मलाई फसाएर । दुई दुई बोतल वाइन किनेकी छे । यतिबेलासम्म त उसको घरमा वाइन पार्टी चलिरहेको होला । म निर्दोष छु भनेर मेरो लागि साक्षी बस्ने को छ अब ? उ आफू निर्दोष देखाउनलाइ त गाडीमा राखेर मलाई यहाँसम्म ल्याएकी ।
भोक निन्द्रा र प्यासले मुख सुकिसकेको थियो । कोठामा मेरो सानो भाइ थियो ९ बर्षको । दशैँमा घर जानी भनेर टिकट काटिसकेको थिएँ । दशै किनबेल गर्न पैसाको जोहो गर्नु थियो । यतिबेला भो भाइ एक्लै आत्तियो होला । उसले खाना बनाउन पनि सक्तैन । अझ हिजो देखि त्यो पुरै फ्ल्याट खाली भैसकेको थियो । सबै दशैँलाइ घर गैसकेका थिए मात्रै हामी थियौं । ऊ जेठ देखि मात्रै हो यहाँ बसेको । वरिपरि कसैलाई चिन्दैन । दाइ छिटो आउनु है मलाई डर लाग्छ भन्दै थ्यो । म छिटो आउँछु भनेर निस्केको आजै अबेर भो । उफ ! कति आत्तियो कति रोयो होला भाइ । न उसँग मोबाइल छ । न उसलाई कसैले चिन्छ । बिहान खाना पनि छिटो खाको । त्यस्लाइ कति भोक लागेको होला । छिटो फर्किहाल्छु भनेर पैसा पनि छोडिन त्यस्को खल्तीमा १५–२० रूपैयाँ भन्दा थिएन । फोन गरू भने पनि ओल्लोपल्लो कोठाका सबै घर गैसके चिन्ता र भोकले सक्कियो होला त्यो हरे शिव !
रातको १२ बजे एकजना प्रहरी चुकुल खोलेर भित्र पसे । “सरि है तपाईंलाई ढिला भो । “तपाईंको केस अलिक जटिल भएर गयो । हामीले चाहेर पनि तपाईलाई छोड्न नमिल्ने भो “म उनको भनाइ सुनेर आत्तिए । उसै त भोकप्यास र भाइको चिन्ताले सताएको बेला एक्कासि आएको यो भनाइले मलाई रिँगटा लाग्यो । शरीर काम्यो । मुटुको चाल एक्कासि बढ्यो । फ्यात्त भुइँमा ढल्छु कि क्या हो जस्तो भो । सारा शरीर भरको बल निकालेर आक्रोशित भएर बोलें –
“ किन र सर के भो ? मेरो के गल्ती थियो र ?“
“ तपाईंको नाउँमा उजुरी परेको छ“
“ कस्तो उजुरी ? लाइसेन्स नभएको भन्ने होला होईन ? “
“ होईन “
“ अनि अरू के उजुरी “?
“ तपाईंले महिला माथी हातपात गरेको उजुरी परेको छ“
“ मैले कसलाई हातपात गरेँ र “?
“ जसले तपाईलाई बग्गीखाना ल्याइन । तिनै महिलाले तपाईंले उहाँ माथि यौनहिंसा गरेको आरोप सहित उजुरी परेको छ“
“ हे ईश्वर यो के सुन्नु पर्यो ?“
“ तपाईंले कतै गल्तित गर्नु भा होइननी“?
“ कसरी गर्न सक्छु जवकी मैले उनलाई राम्रोसग चिनेको त छैन“
“ केटीले चाहिन भने एकै श्वासमा फसाउँछिन चिन्न नै किन पर्यो“?
“ तिनी कहाँ छिन अहिले “
“ तिनी त उजुरी गरेर ७ बजे नै गैसकिन“
“ उजुरी लिदा मलाई सोधपुछ गर्न पर्दैन ?“
“ महिला सेल टेकुमा गएको छ तपाईं विरूद्धको उजुरीको फाइल ।
तपाईंलाई हामीले यहाँ राख्न पनि मिल्दैन अदालतको आदेश
चाहिन्छ । भोलि केटीलाई पनि बोलाइन्छ । तपाईंलाई अब
आधा घन्टा पछि हामी टेकु लैजान्छौ“।
अर्ध बेहोस जस्तै भए । बोल्ने वाक्य नै अड्कियो गलामा । सायद मुर्दा हुनु भनेको पनि यस्तै त होला । दुई तीन घन्टाको यो बिचमा म के थिए के भए ? यो के हो ? एक्कासि यति ठुलो भुइचालो कसरी आयो जिन्दगीमा । हवल्दार निस्किए । फेरि बाहिरबाट चुकुल हालियो । म भित्रै थुनिएँ । रातको ११ बज्यो । भाइ कति रोयो होला । भन्नुन आमा म के गरू ? कसलाइ फोन गरू ? उफ ! मोबाइलमा ब्यालेन्स पनि छैन । एकदम मन आत्तियो । भाइको एकदम ख्याल गर है बाबू भनेर आमाले जेष्ठमा हिड्ने बेलामा भन्नू भएको कुरा यतिबेला पो याद आयो । झल्यास्स भएँ । न भाइलाई कसैले कोठाबाट अपहरण गरेर पो लगे । रूँदै भित्रबाट ढोका घचेटनु थालँे। हवल्दार आइपुगे । ढोका खोले । किन के भो किन रूनु भएको भनेर सोधे । मैले भने “भाइ सानो छ । एक्लै छ कोठामा । कति आत्तियो होला । कति चिच्यायो होला भनेर चिन्ता लाग्यो सर “टेकुमा हाजिर नभै तपाईं जान मिल्दैन“
कस्तो मुटु नै नभएको हवल्दार रेछ त्यो । उसले मेरो कुरा ध्यान देर सुनेन । सुन्नै चाहेन । एउटा कानले सुने जस्तो गर्यो तर उसको ध्यान अघि मादक पदार्थ खाएर कार चलाउने ब्यापारीसग पैसा सेटिङ र बार्गेनिङ गर्नुमा थियो । उ फुत्त निस्कियो ब्यापारीलाई सम्झाउन थाल्यो– “तपाईंको पनि यत्रो सामाजिक प्रतिस्ठाको कुरा छ । राती राती परस्त्री केटीलाइ गाडीमा हालेर आफैँ फिटु भएर केटीलाई पनि छादने गरि ख्वाएर गाडी दुर्घटना पार्नु भो धन्न केही भएन । भैगो पचास हजार दिनुस हामी केस उठाउँदैनौ“ नभन्दै ब्यापारीले ब्यागबाट पैसाको बिटो निकाल्यो गन्यो दियो । तर ऊ गाडी चलाउन सक्ने अवस्थामा थिएन । त्यसको गर्लफ्रेन्डले अफिसमै छादी । एक जना प्रहरी आयो । ब्यापारीले त्यो प्रहरीलाई गाडीको चापी दियो । प्रहरीले गाडी चलायो उनीहरू बाहिर निस्किए । यो दृश्यलाई मेरो आँखाको क्यामराले भिडियो खिचिरहेको थियो कहिले पनि नसक्किने मेमोरि कार्डमा ।
केही बोल्न सक्ने अवस्था नै छैन यहाँ । बरू मौन बस्यो भने आफैलाई शान्ति मिल्छ । बोल्न मन लागेन । कसरी चलेको छ प्रहरी प्रशासन यो देशमा भन्ने बुझे । त्यो केटीले फसाएको भन्दा पनि म भाइकै चिन्ताले मर्छु कि क्या हो । त्यो हवल्दार पैसाको भागबन्डा लाएर म तिर खोक्दै आयो । मैले पनि आफूलाई केही थाहा नभएको जस्तो गरेर अभिनय गरेँ । चिन्तामा परेको मान्छेलाई कसैले राम्रै कुरा गर्दा पनि रिस उठेर आउने रहेछ । जस्तो शासन त्यस्तै प्रशासन । यिन्कै गृहमन्त्रीले पनि यो कमाइको भागशान्ती पाउछ होला अनि पो मरिहत्ते हाल्छन गृहमन्त्री हुन । एउटा भ्यान बाहिए प्राङ्गणमा आइपुग्यो । त्यो केटीलाई पनि भोलि बिहान झिकाउनु भनेर डि एस पि को आदेश पाएर प्रहरी भ्यान सिहदरबार माइतीघर त्रिपुरेश्वरतिर हुइँकियो ।
मान्छे मारेको कैदीलाई जस्तै गरेर मलाई लिएर गए । मैले बाटोमा एकचोटि चाबहिल भएर जाउन मेरो बालक भाइ एक्लो छ आत्तिएर मर्न लाग्यो होला भनेर बिन्ती बिसाए, रोइकराइ गरे, छाती पिटे तर सुनेन तिनीहरूले । सयको गतिमा गुडेको गाडी एकै छिनमा टेकु पुग्यो । मलाई खोर भित्र हालिदिए । भोक र प्यासको सिमा थिएन । कैदीबन्दीले सोधपुछ गर्न थाले । किन जेल परेको भनेर । मलाई कसैसँग केही बोल्नु थिएन । रातको १ बजिरहेको थियो । ममा भाइको पिरले ब्यग्रता छाइरहेको थ्यो । सक्नी भए यो झ्यालबाट हामफालेर भाग्थे तर के गरू ! ।
म रोएको देखेर कैदीबन्दी साथीहरूमा करूणा पलाएछ । खास कुरो के किन रोएको भन्न थाले । खास चै म भाइको मायाले रोइरहेको थिए । चिसो भैमा यतिकै निदाएछु । भोलिपल्ट बिहान ९ बजे एक्कै चोटि इन्भेस्टिकेसन ब्युरो अफिसरको टेबुलमा पुग्दा झस्किए । एकै चोटि प्रस्न ओइरियो । सगै उभिएको प्रहरी हवल्दारले मलाई पिठ्युको पातोमा एक मुक्की हान्यो । म घुत्रुक्क भैमा बस्न पुगेँ । हे साला ! तै होइनस कार भित्र स्त्रीलाइ हातपात गर्ने ? साला काटेर फाल्दिउ तेरो त्यो.. । नकच्चरा लफुङ्गा आवारा ! अनुहार हेर्न लाग्यो ऋषि जस्तो बानी ब्यहोरा चै खाएर फ्यालेको रक्सीको सिसि जस्तो “यति भनेर ऊ मेरो बयान नोट गर्न थाल्यो ।
मैले आफ्नो साविती बयान गरेपछि ती दुवै झस्किए । र टुङ्गोमा पुगे ती केटीले एउटा अन्जान केटालाई फसाइ छ भनेर । मेरो ल कलेजमा त्यो नाम गरेको केटी दोस्रो बर्षमा अध्यननै गर्दिन भनेर पत्ता लाग्यो । केटीले दिएको मोबाइल नम्बरमा फोन गरेको मोबाईल नै स्विच अफ छ । मोबाईलको ट्र्याकिङ गर्दा घर पत्ता लाग्यो । जाउलाखेल एकान्त कुना । दुर सन्चारसग अनुमती लिएर मोबाइल इन्फर्मेसन र सोसियल एक्टिभीटि अध्ययन गर्न लगाइयो । केटीको नाउँमा पाँचवटा फेसबुक आइ डि, ह्वाट्सप, भाइबर, इमो, टिकटक, मेसेन्जर र टुइटर एकाउन्ट सब पत्ता लाग्यो । टुइटर बाट र मेसेन्जरबाट बिदेशीहरूसग कुरा गरेको, बिदेशी केटाहरू सग बिहे गर्न खोजेको अनि आफ्ना यौनाङ्ग समेत देखाइ बिदेशी केटालाई मायाको प्रपन्चमा पारी बिहे गरि नेपालबाट जति छिटो भाग्न खोजेको देखियो । र पैसाको कारोबारमा समेत सम्लग्न रहेको पत्ता लाग्यो ।
उसले ४ वटा दुरसन्चारको सिम र बाकी दुइटा एन सेलको सिम प्रयोग गरेको पाइयो । नेपाल यातायात ब्यावस्था बिभागमा सम्पर्क गरि हेर्दा त्यो केटीले चढेको कार समेत उसको आफ्नो नाउँमा नभै एकजना मन्त्रीको पिएको नाउँमा देखियो । ती मन्त्रीको पिएलाइ सम्पर्क गरियो । पिएलाइ लिन मन्त्री क्वाटर जाँदा गाडी क्वाटर भित्र फेला पर्यो । केटी को हुन र कहाँ छिन भनेर प्रहरीले सोधपुछ गर्दा चुपचापले क्वाटरबाट बाहिर निस्किनु नत्र जागिर जाला भन्ने धम्की आएपछि । यो केश यहि यतिकै टुङ्गियो ।
दिनभर प्रहरीको भ्यानमा कुदिरहेँ कुदिरहेँ पछि एउटा टुङ्गोमा पुगियो ।
प्रहरीको भ्यान सहित चाबहिल कोठामा पुग्दा मेरो भाइ रूदा रूदै थाकेर अनुहार नै नीलो भैसकेको थियो । उसको बोली समेत हराइ सकेको पाएँ । मेरा आसुका बलिन्द्र धाराले ओछ्यानमा ढलिरहेको भाइको छाती भिज्यो । ऊ बोल्न सकेन । आँखा समेत चिम्लिएको छ । केही धुक धुकी छ कि भनेर आशा लाग्यो । घरमा आमालाइ फोन गरे । आमा बेस्सरी रून थाल्नु भो । प्रहरीले सहयोग गरे । हामी ॐ हस्पिटल गयौँ । इमेर्जेन्सीमा प्रहरी स्वयंले लिएर गए हामीलाई ।
दुई घन्टा स्ल्यान पानी दिए पछि भाइले आँखा उघार्यो । भाइलाई अँगालो हालेर बेस्सरी रोएँ । आँसुको तातो बाफ अस्पतालको भित्ताभरी उडेर गए । केही भनिन आफूलाई । भाइको निर्दोष आँखामा हेरिरहें । केही भनिन त्यो केटीलाई पनि जसले मेरो जिन्दगीमा एउटा घनघोर कालो तुफान छोडेर गइ । यो जिन्दगीको नियमित आकस्मिकता थियो । भाव शून्य भए म । साँझ झमक्क परिसकेको थियो । भाइलाई डिस्चार्ज गर्ने पैसा थिएन । काउन्टरमा गएँ । आफ्नो अवस्था भने । बेड चार्ज लिइएन । केवल दुई बोतल स्ल्यान पानीको बिल मात्रै तिर्नु थियो पछि आएर तिर्नु भने । भाइलाई लिएर कोठामा गएँ । भात पकाएँ । भाइको मुहारमा खुसीको इन्द्रेणी देखें । आमाले पठाइदिनु भएको गुन्द्रुक र भात पेटभरी खायौँ र निदायौं ।
लक्ष्मण सिटौला
[email protected]