• २०८१ बैशाख १३ बिहीबार

चुनौती

महमुद दरवेश

महमुद दरवेश

बाँध मेरा हात- खुट्टा सबै
खोस मेरा किताबहरू र चुरोट
कोची देऊ धुलो मेरो मुखभरी
कविता मेरो हृदयको धुकधुकी हो
मेरो स्वादको तितोपन
मेरो आँखाको तरलता

यो लेखिने छ नङहरूले
आँखाको ढकनीले, छुरीले
म गाउने छु यसलाई-
आफू कैद कोठरीमा, पँधेरामा,
गोरेटो र जङ्गलमा, चाबुकमुनि,
हथकडीहरूका बिचमा, जंजीरहरूमा अल्झिएर ।

लाखौँ दावानल छन् म भित्र
म गाउँछु
गाउनेछु म
आफ्नो संघर्षका गीत ।

अनुवादः राजेन्द्र शलभ