समाचार

दुईजनाको बीचमा
सधैँ एउटा सडक हुनेगर्छ
जसमा हुइँकिरहेका हुन्छन्- गाडीहरू
यदि तिमीले सडक पार गर्यौ भने पनि
तिमीले देख्नेछौ
उसले अघि नै पार गरिसकेछ सडक
तिमी पारि हुँदा ऊ वारि
सडकको अर्को छेउ हुनेछ ।
दुईजनाको बीचमा
सधैँ नै हुनेगर्छ एउटा सडक
जसमा हुइँकिरहेका हुन्छन् गाडीहरू ।
अनुवाद: राजेन्द्र शलभ