• २०८२ बैशाख ७ आइतबार

पलेटी कसेर युद्ध जितिँदैन

ओम आचार्य

ओम आचार्य

बसेर युद्ध हुँदैन
पलेटी कसेर युद्ध जितिँदैन
तपाइ जोसंग लड्दै हुनुहुन्छ
तपाइ जोसंग युद्ध गर्दै हुनुहुन्छ

हतियार लिएर खडा छ
हतियार लिएर उभिएको छ
बसेर
पलेटी कसेर तपाइ कसरी युद्ध गर्नु हुन्छ ?
बसेकाहरूले
अहिले मुलुकमा
उभिनेहरूको जमात देखेर
हार्नु हुँदैन
आफ्नो कोठेवारी घेराबेरा नगरी छाडनु हुँदैन
बिस्कुन सुकाएर
नरूँगी त्यसै छाडनु हुँदैन

अहिले राहुहरू व्याप्त छन्
त्यहाँ राहु पस्न सक्छ
अहिले राहुहरू
छिद्र खोज्दै छन्
अहिले राहुहरू कमजोरी खोज्दै छन्
र अहिले राहु
कुन परिवारमा
कुन दलमा
कुन पाटीमा
मतभेद छ, विचलन छ, विग्रह छ
त्यो हेर्दै छ
र त्यहाँ पस्न खोज्दै छ

राहु अहिले शक्तिशाली हुँदैछ
राहुको समय छ
राहुकै दशा छ
राहु काल छ
खडा हुनुस
बसेर, पलेटी कसेर युद्ध  हुँदैन
काली
महाकालीले पनि बसेर युद्ध गरेका छैनन् ।


ओम आचार्य
[email protected]