• २०८१ भाद्र २४ सोमबार

तिमी

मौरिस करेम

मौरिस करेम

तिमी मेरो गाँस हौ
हरेक भोकलाई मेटाउने
थाकेका दिनहरूमा
तिमी मेरा सुस्ताई हौ ।

मेरा हत्केलामा कोरिएको
जीवन–रेखा हौ तिमी
जुन अरूभन्दा लामो छ
तिमी मेरो पीडा हौ
अनि
मेरो संजीवनी बुटी हौ ।

तिमी मेरो गीत हौ
उज्यालो हौ मेरो
रगत हौ तिमी,
जसले धड्किन्छ (छातीभित्र )
मुटु मेरो ।

अनुवाद: राजेन्द्र शलभ