म बस्ने गर्थे
एउटा सानो कोठामा
एउटा साँघुरो खाट
र खुट्टातिर एउटा टेलिभिजन
ढोका पछाडि झुण्डिएको ऐना
म बस्ने गर्थें
यही साँघुरोपन लाई व्यवस्थित गर्दै ।
यहाँ म पल्टिन्छु तिम्रो छेउँमा
र, अनुभूत गर्छु
एउटा दूरी, भित्ताहरूसँग
यदि समातेर तिमीलाई
राखौं म आफ्नो अझै नजिक
अटाउन सक्छौं हामी
एउटा साँघुरो खाटमा ।
अनुवाद: राजेन्द्र शलभ