• २०८३ असार १०, बुधबार

गीतकार वसन्त वित्यासी थापाको ‘आँखी झ्यालैमा’ सार्वजनिक

काठमाडौँ ।

गीतकार वसन्त वित्यासी थापाको ‘आँखी झ्यालैमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।संगीतकार कल्याण सिंहको संगीत र पुनम गुरुङको सुमधुर स्वरले गीतलाई जीवन्तता तुल्याएको छ । बेस्ट टोन म्युजिकको आधिकारिक युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतले प्रेम र भावनात्मक अनुभूति सुन्दर रूपमा समेटेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ दिनेश श्रेष्ठले गरेका छन्। रेकर्डिङ डी स्टुडियोमा गरिएको हो ।

विनोद बमले गीतको भिडियो सम्पादन गरेका हुन् भने सांग्रिला क्रिएसन, काठमाडौंले पोस्टप्रोडक्सन गरेको हो । भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको प्रस्तुति रहेको यो गीत मेलोडियस शैलीमा तयार गरिएको निर्माण पक्षले जनाएको छ ।