मुक्तक

कसै–कसैले भन्छन्
मौनता सुनौलो हुन्छ
तर वाहियात हो चुप लाग्नु
शब्दहरूले चोट पुर्याउन सक्छन्
हाम्रो सोचाइबाट-
हामीलाई मुक्त गर्नसक्छन् ।
(शब्दहरू शक्तिशाली हुन्छन्
र हामीलाई अगाडिको मार्ग देखाउँछन् । )
शब्दहरू योद्धा हुन्-
र तिनले दिने उपहार सानदार हुन्छन्
तर नेताहरू हामीलाई सधैँ
यस्ता शब्दहरू दिन्छन् जुन बेकम्मा छन्
एउटा शब्दहीन समाजको निर्माण गरेर
शब्दहरूका लाशमाथि शब्दहरूकै
श्राप थोपार्न चाहन्छन् ।
तर शब्द पक्षी हुन्
र पक्षी कसैको वास्ता नगरी उड्छन्
उड्छन् तिनीहरूका तथाकथित
मौनताका पर्खालहरूमाथि
उनीहरूको पौरूष- हिंसाविरूद्ध
अहिले पनि शब्दहरू बोली नै रहेका छन्
किनभने,
तिमी शब्दहरूलाई बमले उडाउन सक्छौ
तर तिमी यसलाई चुप लाउन सक्दैनौ ।
अनुवाद: राजेन्द्र शलभ