• २०८३ श्रावण ७, बिहीबार

४४औँ बीपी स्मृति दिवसको सन्दर्भमा बीपी विचार गोष्ठी एवं काव्य उत्सव आयोजना

काठमाडौं ।

नेपाली लेखक संघ, स्याङ्जाले ४४औँ बीपी स्मृति दिवसको सन्दर्भमा ’बीपी विचार गोष्ठी एवं काव्य उत्सवको आयोजना गरेको छ । बुधबार स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख वक्ता प्रा.डा. वासुदेव भण्डारीले आफ्ना अवधारणा प्रस्तुत गरे भने ध्रुवप्रसाद शर्मा पंगेनीले टिप्पणी गरे ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपाने, यामप्रसाद अधिकारी (लक्ष्मण), विष्णु सुवेदी गैह्रे, पशुपति पौडेल, कमल पौडेल अथक, मिलन समीर, पारिश्वर न्यौपानेलगायतले बीपी विचारमाथि आफ्ना धारणा राखे ।

दोस्रो चरणमा कविहरू ध्रुवप्रसाद शर्मा पंगेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर के.सी., रेशमलाल डुम्रे, नारायण न्यौपाने दर्शन, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजंग थापाले आफ्ना कवितालगायत रचना वाचन गरे ।