समाचार
हरिया पातहरूको घेरा, प्राज्ञहरूको डेरा, एक किताबको लोकार्पण । अयुग्म जीवन जिउँन विवश एक सरल सज्जन र आर्जव पात्र, सर्जक। वक्ताहरूको सहानुभूति, लेखकप्रति । किताबको लागि बधाई पनि । जीवनसङ्गिनीको कीर्तिशेषको कारणमा अनेकले अनेक धारणा राखे, उद्घोषकले एक अमूर्त पात्रको शुभकामना पनि सुनाए । पालो आयो एक विशिष्ट पात्रको जो मोफसलका असल र योग्य धरोहर, सम्मोहनकारी ब्यक्तित्व, बोले, “यो शुभकामना कसको हो ? मलाई थाहा छ, हाम्रो सुकरात गुरुलाई पनि थाहा छ, यो सञ्जय हो, कलियुगे, म समय भन्छ, जहाँ पनि पुग्छ उसको दिव्यदृष्टि ! यो, वास्तवमा सञ्जय थापा बर्बरिक कमरेडको “फुर्के” हो । तूफान । जिद्दी छ, तर मायालु छ । अकडो छ, तर दयालु छ, अररो छ, तर लचकदार छ, आफ्ना भूलहरू गनी गनी स्वीकार्छ, हामीजस्तो होइन, ऊ, ऊ हो, “प्रोफेसर साहेब” हो, मेरो, नक्कली हो, तर सक्कली प्रोफेसरहरू ऊ सित तर्सिने पक्का, ऊ त्यस्तै छ, “खतरनाक बौद्धिक !” हाम्रो हमाल सरको कमालको उपाधि, ऊ त्यही हो “फुर्के कान्छू” यो भयो अमूर्त पात्रको कथा, म्याडमको अनन्तयात्राको खास कारण, हजुरहरूले दोष दिनुभयो यो यो, त्यो त्यो रोगलाई, वास्तवमा महाभारतमा हरेक पात्रमाथि अन्याय भएको छ, गहिरो मनोसामाजिक अनुसन्धान गरिने हो भने, न शकुनि न दुर्योधन दोषी, न गान्धारीकान्त, मूल दोषी, राजा “शान्तनू” उनको अन्धवेग, त्यो प्रेम, धरावासीले लेखे, मेरो फुर्केले ७४ पटक होइन १८२ पटक लेख्यो बोल्यो,”
मान्छे नजन्मिनसक्छ,नमर्न सक्दैन “सत्य,शाश्वत सत्य,तथ्य पनि,” प्रेमकान्ता ” भाउजूको महायात्राको मूल कारण हो, खास कारण हो,उहाँको जन्म, उहाँ जन्मिनुभयो, आउनेभयो, र जानुभयो, यत्ति हो,मेरो ७५ वसन्तको अनुभवले यही भन्यो । कोही अलि छिटो, कोही अलि ढिलो, फरक यत्ति हो, ५२ मा महाकवि, १०१ मा माधवजी, गौरीकान्त । दाजुलाई ” सेतु ” बन्नुभएकोमा बधाई ! धन्यवाद !!जय नेपाल !!” पररररर ताली ।
“सही भन्नुभयो, मेरो गोपीको आफ्नो मान्छे, खुशी लाग्यो ।” पर्याश्री, दमकका कोहेनूर । कार्यक्रम सम्पूर्ण पूर्ण भयो। सत्र पर्यो फुर्केलाई । जोर के अनन्यमित्र हुनुभयो ।
धनराज गिरी