• २०८३ भाद्र २८, आईतवार

एक्लो

बसन्त चौधरी

बसन्त चौधरी

बाहिर निस्केपछि
कोही उताबाट आए
कोही यताबाट आए
बन्दै गयो समूह
कोही थाके, कोही रोकिए
कोही अलमलिए
फर्केर हेरेँ
थिएन कोही मबाहेक
एक्लो
घर नभएको
नितान्त एक्लो म ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)