गज़ल–हिन्दी

सानो बालकमा परिन्छ पहिले राम्रो म को जालमा
खायो बालकले खुराक उहिले राम्रो म को थालमा
पायो छाप यही विवेक टुहुरो राम्रो म को खेलले
बत्ती एक बल्यो यही भुवनमा राम्रो म को तेलले
दीक्षा भो मदको विचारपथमा मान्छे घमण्डी हुने
शिक्षा भो पदको धनी धनसुखी गन्तव्य हीरा छुने
राजा भोज हुने यही छ सपना राम्रो म कोआड़मा
हेप्ने रोग लियो घमण्ड मनमा जाये अरू भाड़मा
बोली एक भयो न काम गरियो खेती छ झूटो अति
पायो श्राप बढ़ी हरे मुलुकले रोएर जाने सती
कोही छन यहाँ सुकर्म गतिलो बाटो लिने देशमा
आए चोर बढ़ी उता शहरमा श्रीरामको भेषमा
आसामी बहुलाउने चलन भो हेप्ने बढ़ी साहुले
चर्चा हुन्छ कुबेरको कहरको घेरी उही राहुले
मान्छे हुन्छ धनी पवित्र मनले योगी विवेकी बनी
मान्छेको उपकारमात्र जगमा खोजिन्छ राम्रो भनी
धेरै धाक लगाउने अधमहो मान्छे अभागी उही
माटो हो मनुवा बुझे सफल भो ज्ञानी घमण्डी दुई
धेरै लोभ गरे मरे धन भनी यो रोग हो रोग हो
कोटा हुन्छ समान जान मनुले गर्ने उही भोग हो
धनराज गिरी