• २०७९ असोज १६ आइतबार

बगिजाने पानी

अभय श्रेष्ठ

अभय श्रेष्ठ

हाम्रो रगत यो देशमा बगिजाने पानी हो ।
मानौँ धर्मग्रन्थको यो झुटो कहानी हो ।

मान्छे हैन तिम्रा लागि म त यौटा पशु,
हाम्रो जीवन तिमीलाई मात्र एक सिरानी हो ।

तिम्रो वचन सुन हो, हाम्रो वचन बैगुन हो,
यो बेहोर नै एउटा यस्तो दुःखको खरानी हो ।

कल्याङमल्याङ केको हल्ला, झ्याल खोली हेर,
रात अब बाँकी छैन, हेर यो त बिहानी हो ।


विगत तीन दशकभन्दा अघिदेखि सिर्जना विविध विधामा साधनारत श्रेष्ठ चर्चित हस्ताक्षर हुन् ।
[email protected]