• २०८१ माघ २ बुधबार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

दिनमा देख्छु तिमी नै, रातमा देख्छु तिमी नै
हजारौँमा एक तिमी, गजलमा लेख्छु तिमी नै

गाऊ न प्रियसी, गीतगाऊ, प्रीतिकै गीतगाऊ न
आऊ न प्रियसी, प्रीतलाऊ, मसँगै प्रीतलाऊ न
फूलमा देख्छु तिमी नै, जूनमा देख्छु तिमी नै
हजारौँमा एक तिमी, गीतमा लेख्छु तिमी नै

नाच न प्रियसी, परीझैँ नाच, प्रेममै नाच न
साँच न प्रियसी, माया साँच, मसँगै बाँच न
हिरामा देख्छु तिमी नै, मोतीमा देख्छु तिमी नै
हजारौँमा एक तिमी, काव्यमा लेख्छु तिमी


डम्बर बिकेल
[email protected]