उसले भन्यो-
हामीले फेरि कुरा गर्नुपर्ने छ
मैले भनें- ठीकै छ
बस मलाई ओठहरूमा ‘लिपबाम’ लाउन देऊ
यसले बोल्नलाई सहज हुन्छ ।
के भइरहेको छ ?
उसले यो सबै बुझ्नुभन्दा पहिले नै
म आफ्नो ब्याग खतोल्न थालिसकेकी थिएँ
मलाई अँठ्यायो- विगतको मस्कराले,
विगतका टिस्यु पेपरहरूले
र हस्ताक्षर हुन नसकेको हाम्रो सहवास- सम्झौताले ।
खोतल्दै म पिँधसम्म पुगेँ
र त्यहीँबाट मैले टाउको उचालेर हेरेँ
एउटा हताश लोग्ने मान्छेको अनुहार
जो म सम्म पुग्नक लागि हात बढाइरहेछ
शायद त्यो भगवानले पठाएको हात होस् ।
अनुवाद: राजेन्द्र शलभ