संस्मरण

सबै देवदूतहरू
रातसँग हार्ने गर्छन्
जो निदाउँछन्, हत्या गरेर पनि
दिउँसो सुत्ने गर्छन् ।
सबै देवदूतहरू रातसँग हार्ने गर्छन्
दिउँसो अफिसमा बिताउँछन्
जुत्ता मोजासँगै भिर्छन् अपमानको टाई ।
जलिरहन्छन्, देखिँदैन कतै खरानी
खराब मान्छेहरू मजामा छन्
बाँस रोपेर पाइनको रुखमा
यसो नगरे बाँच्न सकिन्छ !
यो संसार ठूला मान्छेहरूको मात्र हो
ठीक भनेनौ कि दाइ !
देवदूतहरू सधैं रातसँग हार्ने गर्छन्
शून्यतासँग पराजित
र अर्कोतिर,
खराब मान्छेहरू मस्त निदाउँछन् ।
अनुवाद: राजेन्द्र शलभ