English Poem

जन्मसँगै मृत्युको तिथि बोकेर
अस्थायी बसोबासको
स्वीकृतिमा
सहीछाप गरेरै आएका छौँ हामी
यो संसारको उपस्थितिमा
मृत्युको प्रेममा नपरुन्जेलसम्म
तेरो र मेरोमा अल्झँदै
हरेक समय साँचेको भानमा
गुमाउँदै छौँ आफ्नै आयु
मान्दै यौटा अर्को जन्म भएको
मर्दैमर्दै हरेक पल
यौटा सिङ्गो युग बाँचेर
सयौँ युगभित्रको एक युगमा
पलपल साँचेर
स्वीकार्दै जीवन
गरेर अनदेख
मृत्युको निश्चितता
खुसीको अनिश्चितता
छोडिँदै छौँ पुगेको बहानामा
ल्ुाटिँदै छौँ पाएको बहानामा
उम्किन कठिन
छोडिनु र लुटिनुको विवशतामा
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)