समाचार

इतिहासले तुलना गर्यो
आफ्नो व्यापकताको
तिम्रा दुखको परिमाणले ।
तिम्रा दुख
ऊ भन्दा केही अंगुल
अग्ला थिए ।
समुन्द्रले नाप्न चाह्यो
गहिराई
तिम्रा घाऊहरूको
आफ्नो गहनता फुईं लाउँदै ।
चिच्यायो जोरलेऊ
त्यसमा
डुब्ने भयले ।
अनुवाद: राजेन्द्र शलभ