समाचार
काठमाडौं ।
ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलले २१३औँ भानुजयन्तीको अवसर पारेर विशेष कवि गोष्ठीको आयोजना गरेको छ । स्कुलको सभा भवनमा आयोजित कार्यक्रममा कविहरू प्रह्लाद पोखरेल, अमरदीप सुनुवार, अस्मिता केसी, अशेष मल्ल, उषा शेरचन, एसपी कोइराला, खुमनारायण पौडेल, चन्द्र घिमिरे, धीरेन्द्र प्रेमर्षि, डा. विमल कोइराला, ठाकुर बेलवासे, बाबु त्रिपाठी, भीष्म उप्रेती, मित्रबन्धु पौडेल, मणि लोहनी, राजेन्द्र शलभ, लक्ष्मी रुम्बा, विधान आचार्य, विप्लव ढकाल, शकुन्तला जोशी, हंशावती कुर्मी र यादव भट्टराईले आआफ्ना कविता वाचन गरे ।
कार्यक्रममा लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष उमेश श्रेष्ठले विद्यालयले ३५ वर्षअघिदेखि भानुजयन्ती मनाउँदै आएको स्मरण गरे । उनले भानुजयन्तीका अवसरमा हरेक वर्ष कविता गोष्ठी गर्दै आएको भन्दै नेपालको समृद्धिमा शैक्षिक क्षेत्रको योगदानको चर्चा गरे । श्रेष्ठले भने, “देश बनाउन तपाईं हामी विद्वत् वर्गले अगाडि बढ्नुपर्छ ।”
साहित्यकार तथा स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले भानुजयन्ती र कवि गोष्ठीबारे आफ्नो धारणा राखे ।
