• २०७९ माघ २४ मङ्गलबार

रूपाको पालिकागान सार्वजनिक

काठमाडौँ/२ चैत २०७८

पछिल्ला दिनहरूमा विभिन्न स्थानीय तहहरूले आ-आफ्नो गाउँ-ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी आदि विषयलाई भिडियोगीतका माध्यम चिनाउने काम गरिरहेका छन् । । यसै मेसोमा कास्कीको पोखरा महानगरपालिकासँगै जोडिएको प्राकृतिक रूपले अति रमणीय रूपा गाउँपालिकाले  विविधता समेटेर पालिकाको ५औँ स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको छ ।

विजय अधिकारी, मेलिना राई, शिरीष देवकोटा, आरसी रिमाल र सङ्गीतकार स्वयम् वसन्त सापकोटाको स्वर रहेको यस भिडियोमा रूपामै जन्मिएका चर्चित कलाकार माओत्से गुरुङ र ओमप्रकाश गुरुङसहित रोहन आसिव, ममता अधिकारी र प्रियङ्का सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको यस भिडिओमा प्रकाश सुवेदीको निर्देशन, कुमार केसीको नृत्य निर्देशन, निसल पौडेल र पदमराज सुवेदीको छायाङ्कन, निशान घिमिरेको सम्पादन र महेन्द्र सुवेदीको भाषानुवादको भूमिका रहेको छ ।