English Poem

मानिसका लागि
जे जे आवश्यक छ
वास्तवमा त्यो आवश्यक नै छैन
मानिसका लागि
त्यो सबै बेकामे हुन्छ
जो वास्तवमा बेकामे नै हुँदैन
त्यति नै जति-
मानिसलाई मानिस हुनु
या फेरि नहुनु
हरेक बेकामे बस्तु
बेकामे नै हुन्छ
चाहे त्यो मान्छे होस् या बस्तु
मान्छे पनि
एउटा विचारसँग मात्र बाँच्छ
मान्छेका माझ
बेकामे बस्तुजस्तै ।
अनुवाद: रमण घिमिरे