कवि रुद्र अधिकारीको निचारिएको जिन्दगी सार्वजनिक - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

कवि रुद्र अधिकारीको निचारिएको जिन्दगी सार्वजनिक

काठमाडौँ १२ ,अषाढमा कवि रुद्र अधिकारीको चौथो मुक्तक संग्रह ‘निचोरिएको जिन्दगी’ सार्वजनिक गरिएको छ ।
लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा चिल्ड्रेन हेराल्ड एकेडेमी बालुवाटारमा स्रष्टा सम्मान, रचना वाचन तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरिएको हो । संस्कृतिविद् एवम्  वरिष्ठ कवि तुलसी दिवसले भव्य समारोह बीच अधिकारीको मुक्तकसंग्रह विमोचन गर्नुभएको थियो । सोही समारोहमा वरिष्ठ आख्यानकार पद्मावती सिंहलाई सम्मान गरिएको थियो ।

जलेश्वरी श्रेष्ठ, डा. रेणुका सोलु, राम प्रसाद पन्त, ठाकुर प्रसाद शर्मा, गोविन्द घिमिरे वेदमणी, प्रकाश घायल, सुरेश बैद्य, रवीन्द्र आशिष शैली, भुवन सिवाकोटी चौघरे, राधाकार्की दुलाल, शान्ति शर्मा, इन्दु पन्त, कुमार नेपाल, बासुदेव गुरगाई, मुकुन्द न्यौपाने, विमला अधिकारी देवकोटा, विमला दाहाल, एन बि जनकपुरे, गुप्तबहादुर श्रेष्ठ, धरणीधर गुरागाई, लगायत ४० र ४५ कविहरूले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।