• २०८१ असोज २४ बिहीबार

“महाकवि देवकोटा पुरस्कार २०७८” पाँच स्रस्टालाई

काठमाडौँ- नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच जना साहित्यकारलाई “महाकवी देवकोटा पुरस्कार २०७८”द्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त मन्त्रालयले संस्कृति प्रवर्दन कार्यक्रम अन्तर्गत नेपाली साहित्य विधाका पाँच जना उत्कृष्ट स्रस्टाहरु छनौट गरेको हो ।

“महाकवि देवकोटा पुरस्कार २०७८” को गद्याख्यान एवं नाटक विधाबाट कैलालीका डा. पुष्करराज भट्ट, कविता एवं काव्य विधाबाट काठमाडौँका डा. बेन्जु शर्मा, निबन्ध एवम् समालोचना विधाबाट तनहुका श्री रामकुमार श्रेष्ठ(राम बिनय), बालसाहित्य र लोकसाहित्य विधाबाट काठमाडौँका बिजय चालिसे साथै भाषासाहित्य विधाबाट डडेलधुराका श्री आर. डी. प्रभास चटौत छनौटमा परेका हुन् ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारि गरि उक्त पुरस्कार दिने निर्णय गरेको जानकारी गराएको हो ।