• २०८१ श्रावाण १० बिहीबार

जीवनसम्बन्धी दुई कृति विमोचित

काठमाडौँ/१३ फागुन २०७८

भक्तपुरमा अक्षरमार्ग प्रकाशन, पनौती र सिर्जना अभियान समाज, भक्तपुरको संयुक्त आयोजनामा साहित्यकार ध्रुबनारायण जोन्छेंका दुई कृति ‘तृष्णामा अल्झिएको जीवन’ (निबन्धसङ्ग्रह) र ‘जीवन एक: यात्रा अनेक’ (कवितासङ्ग्रह) को नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरूङद्वारा विमोचन गरिएको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकका प्रकाशक तथा सम्पादक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा आयोजित विमोचन कार्यक्रममा दुवै कृतिबारे तुइकाजी ताम्राकारले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने साहित्यकार विजयराज कर्माचार्य, ध्रुव मधिकर्मी र बटुकृष्ण पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।