काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीका पाँचवटा विविध विधाका कृतिहरुको लोकार्पण गरिएको छ । कथासङ्ग्रह भीसा गर्ल, कवितासङ्ग्रह ‘रंगको पहिचान र सीमाहीन सीमा, निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु र गजल सङ्ग्रह ‘प्रतिविम्ब सहित पाँच कृतिहरु एकसाथ लोकार्पण गरिएको हो ।
प्रा.डा. अभि सुवेदी, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अमरराज कैनी, साहित्यकार डा. प्रभा कैनी, प्रा. खुमनारायण पौडेल, प्रतीक ढकाल, रमेश पौडेल लगायतका वक्ताहरुले कृतिको विविध आयामका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रमा वक्ताले एकैपटक साहित्यका विभिन्न विधामा कलम चलाएर कैनीले आफूलाई सशक्त लेखन शक्ति भएको साहित्यकारका रुपमा उभ्याएको बताउनुभयो ।