प्यालेस्टाइनको कविता

विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतम, ‘दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार’ डा. दुवसु क्षेत्री, ‘लीलानाथ–विश्वमञ्जरी बरालप्रतिभा पुरस्कार’ डा. ज्ञानु पाण्डे र ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ वरिष्ठ भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । उनीहरु सबैलाई जनही ५० हजार राशि र सम्मानपत्र समर्पण गरिएको थियो । त्यस्तै २२ हजार राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेल संयुक्त रुपमा सम्मानित भए ।
त्यस्तै साहित्यकार लोचन रिजाल र भरत गुरागाईंलाई २२ हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ संयुक्तरूपमा प्रदान गरिएको छ । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख समेत रहेका साहित्यकार प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे ।