• २०८१ कातिर्क २४ शनिवार

सिन्का पाउँरु र टुवरालाई चिसापद्वारा पुरस्कार घोषणा

चितवन साहित्य परिषद्ले स्रस्टाहरू शीतल कादम्बिनी र मनोज चौधरीका कृतिहरु पुरस्कृत गर्ने भएको छ । परिषद्ले जनाए अनुसार शीतल कादम्बिनीको उपन्यास सिन्का पाउँरु र मनोज चौधरीको उपन्यास टुवराझलाई पुरस्कृत गर्न लागिएको हो ।

प्रत्येक २ वर्षमा प्रदान गरिने चिसाप कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार कादम्बिनीको उपन्यास सिन्का पाउँरुका लागि तथा प्रत्येक वर्ष प्रदान गरिने चिसाप कृष्ण-कृष्णा पुरस्कार चौधरीको टुवरा उपन्यासलाई प्रदान गर्न लागिएको परिषद्का अध्यक्ष केदारनाथ खनालले जानकारी दिए । दुबै पुरस्कारको राशि जनही १५ हजार १४५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यी दुबै पुरस्कार १४०औं लेखनाथ जयन्तीका अवसरमा आगामि पुस १५ गते आइतबार चितवन साहित्य परिषद् भवनमा कार्यक्रम गरी अर्पण गरिने परिषद्का उपाध्यक्ष गणेश श्रमणले बताए ।