• २०८२ बैशाख १४ आइतबार

साहित्यकार वसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ विमोचन

ललितपुर ।

एक कार्यक्रमको आयोजनागरि साहित्यकार वसन्त चौधरीको बालकवितासंग्रह ‘आहाना’ सार्वजनिक गरिएको छ । आइतबार ललितपुरको प्रिमियर इन्टरनेसनल स्कुलमा सम्पन्न गरिएको कार्यक्रममा कवि चौधरी, मेघा चौधरी, पारस शाक्यलगायत पाँच बालिकाले उक्त कृति संयुक्त रुपमा लोकार्पण गरेका थिए । कृति कवि चौधरीले नातिनी आहाना शाक्य चौधरीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको थियो ।

साहित्यकार चौधरीले बाल साहित्यमा यो आफ्नो पहिलो प्रयास भएको बताए । बाल साहित्यलाई व्यापारभन्दा पनि आन्दोलनका रूपमा लिनुपर्ने उनले उल्लेख गरे । उनले बालबालिकामा यस किसिमका साहित्यमार्फत अथाह ज्ञान बाँड्न सकिने बताए ।

प्रिमियर इन्टरनेसनल स्कुलकी प्राचार्य पवित्रा सुब्बाले बालसाहित्यका पुस्तकहरू हरेक विद्यालयका पुस्तकालयसम्म पुग्नुपर्नेमा जोड दिइन । कार्यक्रममा जोया महर्जन, सुहाना यादव, दृष्टि महर्जन, हिमा महर्जन, आहाना शाक्य चौधरीले कृति भित्रका कवितावाचन गरेका थिए । पुस्तक कोपिला किताबले प्रकाशनमा ल्याएको हो ।