जब उसले फूलमा व्यापार देख्यो
झरेको पातमा पनि प्यार देख्यो ।।
मन्दिरको मूर्ति जब मनले छाम्यो
मूर्तिकारको मुटु वारपार देख्यो ।।
आमा आश्रममा पठाएर फर्कियो
र भगवान् लाई उसले गद्दार देख्यो ।।
कहाँ तर्न सकेको छ र किनारा ?
बूढो माझीले पानीको हार देख्यो ।।
जब ऊ भुक्तमान भोग्न थालेको छ
नानीको ओठमा सिङ्गै संसार देख्यो ।।
[email protected]
(कान्छा चर्चित कवि हुन् ।)