• २०८१ बैशाख ८ शनिवार

पाँच सर्जकहरुको संयुक्त कवितासंग्रह ‘आजको आकास’ लोकार्पण

असार ५, काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा ‘आजको आकास’ संयुक्त कवितासंग्रहको विमोचन गरिएको छ । प्राध्यापक डा. माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा लोकार्पित ‘आजको आकाश’ तेश्रो संयुक्त कवितासङ्ग्रह हो । सर्जकहरु आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रल्हाद पोख्रल, रवीन्द्र आशिस शैली र राजेन्द्रप्रसाद अधिकारीले २०४२ सालबाट सुरु गरेको संयुक्त काव्ययात्रा २०६३ सालमा दोस्रो र २०७९ सालमा तेस्रो गरेर तीन वटा संयुक्त कवितासंग्रहसम्म आइपुगेको । २०४२ सालबाट सुरु भएको काव्यिकमित्रताले सिर्जनाको निरन्तरतासँगै ३७वर्ष पार गरेको छ ।

प्राध्यापक माधवप्रसाद पोखेल, प्राध्यापक खगेन्द्र लुईटेल, श्री ओम श्रेष्ठ, रामप्रसाद पन्तलगायतले काव्य/कविताका विविधपक्षको शैद्धान्तिक विश्लेषण सहित लोकार्पित संग्रहमाथि प्रकाश पार्नु भएको थियो । यस संग्रहको प्रकाशन दायित्व वाङ्गमय प्रतिष्ठानले गरेको छ ।